Logo

एमाले स्थायी कमिटी बैठक स्थगित्, माधव नेपाललाई भोलिसम्म पर्खिने



काठमाडौं, १६ साउन । नेकपा (एमाले) को आजको लागि बोलाईएको स्थायी कमिटी बैठक स्थगित् भएको छ । पार्टी एकताको लागि माधव नेपाल समूहका नेताहरुलाई आजसम्म अन्तिम मौका दिने भन्दै भोलि बस्नेगरि आजको बैठक स्थगित् गरिएको नेताहरुले बताएका छन् । यसअघि आज विहान विघटित कार्यदलका नेताहरु सिंहदरबारमा छलफलमा जुटेका थिए ।

आजको बैठक स्थगित् गर्नको लागि माधव नेपाल पक्षधर नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए । तर, आजै भएको एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले माधव नेपाललाई देशद्रोहीको संज्ञा दिँदै पार्टीमा उनलाई कुनैपनि स्थान् नदिईने बताएका थिए । भोलिसम्मपनि पार्टीका बैठकमा माधव नेपाल पक्ष नआए अब उनीहरुलाई नपर्खिने ओलीको भनाई छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्