Logo

निधि, कोइराला र सिंहबीच भेटवार्ता



काठमाडौं, १६ साउन । नेपाली कांग्रेसको १४औं महाधिवेशनका सभापतिका प्रत्यासीहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । नेता सिंहको चाक्सीबारीस्थित् निवासमा तीन नेताबीच छलफल भएको हो ।

पार्टीको महाधिवेशन नजिकिँदै जाँदा यी नेताले भेटवार्तालाई तिव्रता दिएका छन् । कतिसम्म भने आगामी महाधिवेशनमा तीन जनामध्ये एक जना सभापतिमा उठ्ने उनीहरुको तयारी छ । को उठ्ने भन्नेबारे भने आपसी सहमतिबाट टुँगो लगाईने नेता सिंहले यसअघि नै बताईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्