Logo

माधव नेपालको यस्तो तस्विर सेयर गर्दै सूर्य थापाले भने–उहाँलाई देउवा-प्रचण्डकै सहयाेगी बन्न दिओैं,नराेकाैं!



काठमाडौं, १६ साउन । नेकपा (एमाले) युवा नेता सुर्य थापाले माधव नेपालले प्रायश्चित् गर्नु र क्षमायाचना गर्नु र सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन नभनेर कायर्दलको प्रतिफल १० बुँदे मान्य छैन भनेको र केपी ओली मातहत एमालेमा फर्किन्न भनेकोमा आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले अब धेरै ल्याङल्याङ नगरी माधव नेपाललाई देउवा र प्रचण्डकै सहयोगी बन्न दिनुपर्ने र रोक्न नहुने धारणा राखेका छन् । उनले लेखेका छन्–”प्रायश्चित गर्नु, क्षमायाचना गर्नु,सुध्रिनु र भविष्यमा यस्ताे पार्टीघात र गद्दारी गर्नेछैन भन्नू त कहाँ हाे कहाँ? कार्यदलकाे प्रतिफल १०बुँदे समझदारी नै मान्य छैन,केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे! अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयाेगी बन्न दिओैं,नराेकाैं!”



प्रतिक्रिया दिनुहोस्