Logo

उपत्यकामै व्यवस्थित हुन सकेनन् खोप केन्द्र



काठमाडौं, साउन १७। भक्तपुर दधिकोट बस्ने ५३ वर्षीया लक्ष्मी शर्मा पौडेल बिहानैदेखि खोप लगाउने आसमा लाइनमा बसिन। उनले दिउँसोसम्ममा पनि खोप लगाउन पाईनन। अन्त्यमा खोप नलगाई घर फर्किन ।

गाम्चाचोकदेखि चित्रपुर र दधिकोटस्थित सूर्यविनायक नगर अस्पतालको बाहिरसम्म खोप लगाउनको भीड थियो ।
खोप लगाउने भीडमा सरकारले तोकेका लक्षित समूहभन्दा युवकयुवती र वयस्क धेरै थिए । उनीहरूमध्ये कतिपयले खोप लगाउन पाए ।

कतिपयले खोप नलगाई फर्के । त्यही युवकयुवतीको भीडमा रहेकी लक्ष्मीजस्ता अरू धेरै लक्षित समूहका व्यक्तिले खोप लगाउन पाएनन ।

यो भक्तपुरको एउटा खोप केन्द्रमा देखिएको दृश्य हो । यस्ता दृश्य धेरैजसो खोप केन्द्रमा देखिने गरेका छन् । भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार खोप केन्द्रमा भीड हुनुलाई सामान्य ठान्छनु । लक्षित समूहभन्दा पनि युवकयुवती गएर खोप केन्द्रमा धाँधली गर्ने गरेको उनको भनाई छ ।

स्वास्थ्य प्रमुख मिजारले भने, “युवकयुवती नै अघि सरेपछि सरकारले तोकेका लक्षित समूहले खोप लगाउन पाएनन् ।” अहिले सरकारले ५० वर्षमाथिका व्यक्तिलाई खोप लगाइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्