Logo

टोकियो ओलम्पिकः चीन र अमेरिकाबीच कडा प्रतिष्पर्धा



एजेन्सी, १७ साउन । टोकियो ओलम्पिकमा आज २५ स्वर्णका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज एथलेटिक्स, स्विमिङ, साइक्लिङलगायतका खेलहरुमा स्वर्णका लागि प्रतिष्पर्धा भइरेहेको छ ।

सर्वाधिक स्वर्णका लागि चीन र अमेरिकाबीच कडा प्रतिष्पर्धा चलिरहेको छ । चीनले २२ स्वर्ण जित्दा अमेरिकाले १९ स्वर्ण जितेको छ ।

अमेरिकाले स्विमिङमा बढी स्वर्ण जितेको छ । चीनले भारत्तोलन, डाइभिङ, टेबल टेनिस र ब्याडमिन्टरमा आफ्नो प्रभाव कायमै राखेको छ ।



प्रतिक्रिया दिनुहोस्