Logo

नेशनल माइक्रोफाइनान्सको ६५ हजार कित्ता संस्थापक शेयर लिलामीमा



काठमाडौं, १७ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन १६ गतेदेखि संस्थापक शेयर लिलामीमा आएको छ । विद्यमान संस्थापकहरुबाट आवेदन नपरेपछि कम्पनीले सार्वजनिक रुपमा उक्त शेयर विक्री गर्न लागेको हो । संस्थाले ६५ हजार ७६० कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्ने भएको हो ।

प्रतिकित्ता शेयरमुल्य न्यूनतम १२ सय २२ रुपैयाँ तोकिएको हुनाले शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी साउन ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

शेयर बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । शेयर टेकु स्थिट कार्यालयमा खोलिने संस्थाले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot