Logo

चितवन कांग्रेस सभापतिमा विजयराज शर्मा भुसालको उमेदवारी



साउन, १५ काठमाडौं । नेपाली कांग्रेस चितवनको सभापतिमा विजयराज शर्मा भुसालले उमेदवारी घोषणा गरेका छन् । भुसाल समकालीन राजनीतिकर्मीहरुमा लोकप्रिय छन् ।

आासन्न अधिबेशनमा उनले जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका हुन् । विजयराज भुसाल कांग्रेस राजनीतिमा ४ दशक लामो समयदेखि सक्रिय छन् । ०३६ सालदेखि राजनीति यात्रा शुरु गरेका विजय भुसालले जिल्लाका बिभिन्न तहमा रहेर काम गरिसकेका छन् । उनले ०३६ सालमा तन्नेरी उमेरदेखि नेबिसंघबाट राजनीति शुरु गरेका हुन् ।

‘म पहिलो पटक बिपी कोइरालाको भाषणबाट प्रभावित भएर कांग्रेसमा लागेको हुँ, उनले भने,‘त्यसपछि अहिलेसम्म म कांग्रेसमा निरन्तर लागिरहेको छु ।’ नेता भुसालले भने, ‘अब चितवन कांग्रेसलाई नयाँपन दिनका लागि म उम्मेदवार उठेको छु र सबै पक्षबाट सहयोग पुग्ने पुर्ण आशाबादी छु ।’

कांग्रेस नै जनताको खास पार्टी हो भन्ने जिल्लाबासीलाई महसुस गराउन र जनताको सुखदुखमा सधैं सहयोगी बन्न आँफुले सभापतिमा चुनाव जित्ने बिश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot