Logo

प्रचण्ड र नेपालबीच छलफल



काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका बरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंगो लगाउनुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज विहान नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।

प्रचण्डले निरन्तर माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । शनिवार देउवा र प्रचण्डबीचको छलफलमा पनि माधव पक्षलाई सरकारमा सहभागी गराउने समझदारी बनेको बुझिएको छ ।

माओवादी केन्द्रको बैठक पनि आज बस्दैछ । आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्