Logo

प्रमोद खरेल राजनीतिमा आउने तयारी (भिडिओसहित)



काठमाडौं, १७ साउन । चर्चित गायक प्रमोद खरेलले आफूपनि राजनीतिमा आउनसक्ने संकेत गरेका छन् । तर, अहिले भने राजनीतिमा आउने माहोल नभएको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू अहिले जुन फिल्डमा रहेको त्यसमै सन्तुष्ट रहेको र यसमै रहने योजनामा रहेको सुनाए । उनले आफूलाई फ्यानले राजनीतिमा आएको हेर्न नचाहेको पनि सुनाए । तर, भोलि राजनीतिमा आउनुपरे सोच विचार गरेर निर्णय लिने पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्