Logo

मन्त्री कसलाई बनाउने भन्नेबारे टुँगो लगाउन नेकपा (माओवादी केन्द्र) को बैठक बस्दै



काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । अहिले केहीबेरमा बस्ने बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्ने भएको छ । यसअघि पनि मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । तर, दाहालले पनि अहिलेसम्म सरकारमा क–कसलाई पठाउने भन्नेबारे नाम तय गरिसकेका छैनन् ।

केही पहिले एक सार्वजनिक कार्यक्रममा उनले आफूलाई मन्त्री बनाउनको लागि हम्मेहम्मे भएको प्रतिक्रिया दिएका थिए । मन्त्री बन्नको लागि आफूले ठूलो दबाब झेलेको बताएका थिए । मन्त्रीको नाम टुँगो लगाउनुको अलावा समसामयिक राजनीति र पार्टीको सांगठनिक संरचनबारे छलफल गर्ने एजेन्डा रहेको पनि बताईएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्