Logo

भुवन केसी भन्छन्, ‘लगानी फिर्ता नहुने कलाकारलाई निर्माताले लिँदैन’



काठमाडौं, १७ साउन । बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै नेपोटिज्मको बहस नेपालमा सुरु भएको थियो । नेपोटिज्मको कारण राम्रा कलाकारहरु ओझेलमा परेको भन्दै नायिका नम्रता सापकोटाले बहस सुरु गरेकी थिइन् । यो विषयमा धेरै कलाकारहरुले खुलेरै बहस गरे पनि अभिनेता भुवन केसी भने मौन थिए । तर, शनिबार भने एक गीत सार्वजनिक कार्यक्रममा भुवनले नेपोटिज्मको बारेमा मुख खोलेका छन् ।

उनले नेपाली फिल्मी क्षेत्रमा नेपोटिज्म नभएको दाबी गर्दै गलत हल्ला फैलिएको बताए । फिल्म लगानी गर्न करोडौ लाग्ने हुनाले निर्माताले लगानी फिर्ता गर्ने कलाकारसँग काम गर्न चाहाने उनको भनाई थियो । केसीले नेपोटिज्मको हल्ला फिजाउने व्यक्तिमा निर्माताको लगानी फिर्ता गर्ने दम छ भन्दै प्रश्न तेर्साएका थिए ।

नायिका नम्रता सापकोटाप्रति लक्षित गर्दै भुवनले निर्माताको लगानी फिर्ता गर्न सक्ने कलाकार काम बिहिन हुनु नपर्ने समेत जिकिर गरे । लगानी फिर्ता नहुने कलाकारलाई निर्माताले लिँदैन भन्दै फिल्म गुमाउनको लागि कसैले नबनाउने उनले धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्