Logo

हामी भ्रष्टाचार र चाकडीमा त नम्बर वान भयौं : डा. सुन्दरमणि दिक्षित (भिडिओसहित)



काठमाडौं, १७ साउन । नागरिक समाजका अगुवा तथा बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको सरकारको नेतृत्व गरेकोले मन्त्रिपरिषद विस्तारमा ढिलाई भैरहेको स्पष्ट पारेका छन् । उनले माओवादी केन्द्र र जसपा नेपालले मन्त्रीको नाम दिन ढिलाई गरेकोले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको जिकिर गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सत्तारुढ दलले मन्त्रीको नाम दिन नसक्नुमा मन्त्री बन्न आकांक्षीहरु धेरै हुनु रहेको सुनाए । उनले भने,‘यसमा त सोझै लोभ छ नि, सबैलाई मन्त्री हुनुछ, यहाँ त मुलुक र जनताको कुनै मतलब नै छैन नि । यसपालिको सरकार त डेढ वर्ष चल्छ । अनि ईलेक्सनमा जान पनि पाईन्छ । सरकारको मन्त्री भएर निर्वाचन जाँदा त्यो पैसा, त्यो पावर, ईलेक्सनको लागि पैसा बटुल्न सकिन्छ, आफ्नो फाइदाको लागि, त्यसमा को चुक्न चाहन्छ ? अहिले लोभ त यति भयंकर छ त । हामी भ्रष्टाचारमा नम्बर वान, चाकडीमा नम्बर वान र लोभी÷पापीको त कुरै नगरौं । यहाँको हाम्रो धर्म, संस्कृति त कहाँ पुग्यो पुग्यो ?’



प्रतिक्रिया दिनुहोस्