Logo

माधव नेपालको कारण होईन केपी ओलीकै कारण उहाँको सरकार ढलेको हो : रघुजी पन्त (भिडिओसहित)



काठमाडौं, १७ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता रघुजी पन्तले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नुमा माधव नेपाल जिम्मेवार नभएर ओली स्वयम नै यसको जिम्मेवार भएको टिप्पण्ी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘केपी शर्मा ओलीकै कारण उहाँको सरकार ढलेको हो । यसमा माधव नेपालको कारण होईन । दुई तिहाई नजिकको सरकार थियो । ठूलो पार्टी नेकपा थियो । तर, त्यो पार्टी फुट्यो, कसले गर्दा भन्दा ओलीजीको आफ्नै कारणले गर्दा । उहाँसँग झण्डै दुई तिहाईनजिकको बहुमतको सरकार थियो । अनि भैरहेका सहमति, र अन्तरपार्टी निर्देशनलाई कार्यान्वयन नगर्दा नेकपा फुट्यो । र, एमाले र माओवादीमा विभाजित भयो । त्यही भएर उहाँकै कारण झण्डै दुई तिहाई बहुमतको सरकार अल्पमतमा आयो । त्यसपछि आएर पार्टी फुट्यो । यो सबै त उहाँले गरेको गल्ती हो । यसलाई त उहाँले पनि फर्केर हेर्नुपर्यो नि ।’



प्रतिक्रिया दिनुहोस्