Logo

अभिनेत्री बन्नु पहिला यस्तो काम गर्थिन कियारा आडवाणी



एजेन्सी, १७ साउन । बलिउड अभिनेत्री कियारा आडवाणीले जुलाई ३१ मा जन्मदिन मनाएकी छिन् । ‘कबीर सिंह’फिल्मबाट बलिउडमा प्रवेश गरेकी कियाराले केही हिट फिल्ममा काम समेत गरेकी छिन् । उनले पहिलो फिल्म ‘कबिर सिंह’बाट नै चर्चा कमाएकी थिइन् ।

फिल्म क्षेत्रमा प्रवेश गर्नुपुर्व उनी प्ले स्कुलमा बच्चाहरुलाई सम्हाल्ने काम गर्थिन् । कियारा आफैले एक अन्तर्वाताको क्रममा यस्तो खुलाशा गरेकी हुन् । उनले आफ्नी आमाको प्री–स्कुलमा काम गर्ने बताएकी छिन् । उनी बिहान ७ बजे स्कुल पुगेर बालबालिकालाई हेरविचार गर्न पुग्थिन् । उनले बच्चाहरुलाई नर्सरीको कविता सुनाउने, अल्फाबेट्स सिकाउने गरेको बताएकी छिन् ।

कियारा अब चाडैनै कथित प्रेमी सिद्धार्थ मल्होत्रासँगै फिल्म ‘शेरशाह’ मा देखिदै छिन् । यो फिल्म कारगिलको युद्धका सिपाही शहीद विक्रम बन्नाको जीवनमा आधारित छ । सिद्धार्थले विक्रम बन्नाको भुमिका निभाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्