Logo

केपी ओलीलाई सुवास नेम्वाङको रिपोर्टिङ : माधव नेपाल एकताको पक्षमा हुनुहुन्न



काठमाडौं, १७ साउन । नेकपा (एमाले) को एकता प्रक्रिया पेचिलो बनेको छ । हिजो स्थायी कमिटी बैठक बस्ने र माधव नेपाल समूहलाई नपर्खिने अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै बोलेको थिए । तर, यसअघि विवाद समाधानको लागि गठित कार्यदलका सदस्यहरुले नै ओलीलाई विवाद समाधानको लागि अझै पहल गरौं र बैठक रोकौं भनेर प्रस्ताव गरेपछि हिजोको स्थयाी कमिटी बैठक एजेण्डामा प्रवेश नै नगरी आज दिउँसो ३ बजे बस्नेगरि स्थगित् गरिएको थियो ।

तर, आजको बैठकमा पनि नेपाल पक्ष नआउने निश्चित् भएको छ । पार्टी एकताको लागि अध्यक्ष ओली तर्फका नेताहरुले नेता नेपालसँग लगातार छलफल तथा वार्ता गरिरहेका छन् । तर, नेता नेपालले ओली अध्यक्ष रहेको कमिटीमा आफू नबस्ने बताएको नेताहरुको भनाई छ । पछिल्लो समय नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भएपनि विवाद समाधानको लागि प्रयास गरिएको थियो । त्यसमा पनि नेता नेपालले असहमति जनाएका थिए ।

नेता नेपालसँग निरन्तर सम्पर्कमा रहेका ओली पक्षधर नेता सुवास नेम्वाङले त नेता नेपाल एकताको पक्षमा नरहेको कुरा अध्यक्ष ओलीलाई ब्रिफिङ गरेका छन् । हिजोमात्रै पनि नेम्वाङ र विष्णु पौडेलले नेता नेपालसँग छलफल गरेका थिए । अध्यक्ष ओलीले पनि नेपालबिनाको एमाले बनाउने तयारी थालेका छन् । हिजोमात्रै एमाले जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले माधव नेपाललाई अब एमालेमा कुनै स्थान् नभएको भन्दै गद्दारको संज्ञा दिएका थिए ।

उनले अब आउने साथीहरु आउँदै गर्छन् तर एकताको नाममा अब कसैलाई नपर्खने बताईसकेका छन् । आजको ३ बजेको बैठक कुनैपनि हालतमा नसर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनकाअनुसार आजको बैठकमा विधान महाधिवेशनको तयारी,केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका सांगठनिक विषयमा केन्द्रित हुनेछ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम