Logo

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ



अर्घाखाँची, १७ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका ८ बस्ने ४८ वर्षीय पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्