Logo

नेप्सेद्वारा मनकामना स्मार्ट लघुवित्तको आइपीओ सुचिकृत



काठमाडौं, १७ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मनकामना स्मार्ट लघुवित्तको आइपीओ सुचिकृत भएको छ । कम्पनीले आज दोस्रो बजारमा कारोबारका लागि आइपीओ सूचिकृत सम्झौता समेत गरेको छ ।

मनकामना स्मार्ट लघुवित्तको तर्फबाट अजय गोयन्का र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ११० रुपैयाँ ८४ पैसा र अधिकतम ३३२ रुपैयाँ ५२ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्