Logo

सामान्य अंकले नेप्से बढ्दा १२ अर्बको कारोबार



काठमाडौं, १७ साउन । साताको कारोबारको पहिलो दिन आज नेप्से सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से १ दशमलव २५ अंकले बढेर ३ हजार ८१ द्यशमलव ५ विन्दुमा थामिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २४ अंकले बढेर ५७२ दशमलव १५ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२६ कम्पनीको १ लाख १७ हजार ४९० पटक शेयर कारोबार भएर १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ बराबरको ३ करोड ३४ लाख २ हजार ३५२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्