Logo

प्रभुराम शर्मा २६ साउनबाट कायममुकायम प्रधानसेनापति



काठमाडौं, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई २६ साउनबाट लागू हुने गरी कायममुकायम प्रधानसेनापति तोकेकी छिन् । उनले रथी शर्मालाई कायममुकायम तोकेको सूचना जारी गरेकी हुन् ।

२४ साउनबाट प्रधानसेनापति पूर्णचन्द्र थापा घरबिदामा बस्ने भएकाले सरकारले शर्मालाई कायममुकायम तोक्न सिफारिश गरेको थियो । १२ साउनको मन्त्रिपरिषद्को बैठकले सिफारिश गरेबमोजिम कायममुकायम तोकेको हो ।



प्रतिक्रिया दिनुहोस्