Logo

बाल अस्पताल निर्माणमा सानिमा बैंकको एक करोड सहयोग



काठमाडौं, १७ साउन । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि सानिमा बैंकले आर्थिक सहयोग गर्ने भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाल अस्पताल बनाउन १ करोड रुपैयाँ दिने भएको हो । बैंकले आर्थिक सहयोग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।

समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डाक्टर भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

कम्पनीको अनुसार बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।

सानिमा बैंकको देशभर हालसम्म ८६ वटा शाखा सञ्जाल, १८ वटा विस्तारित काउन्टर तथा ९६ वटा एटीएम छन् ।



प्रतिक्रिया दिनुहोस्