Logo

राष्ट्रपति भण्डारीबाट रथी शर्मालाई कायममुकायम तोकियो



काठमाडौँ, १७ साउन: राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेकी छिन् ।

मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उनलाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति छिन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षीय पदावधि आगामी भदौ २४ गतेदेखि समाप्त हुँदैछ । उनले अनिवार्य अवकाश पाउने हुँदा साउन २५ गतेदेखि घर बिदा बस्ने भएकाले ज्येष्ठताका क्रममा रहेका शर्मालाई कायममुकायम तोकिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम