Logo

महाकालीमा जयसिंह धामी बेपत्ता भएको घट्नामा भारतको खण्डनप्रति विश्वास गर्न सकिने स्थिति छैन् : श्रेष्ठ



काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय सुरक्षा बलले तुइनको डोरी फुकालिदिएको कारण दार्चुला ब्यासका जयसिंह आजसम्म महाकाली नदीमा बेपत्ता भएको घट्नामा भारतको खण्डनप्रति विश्वास गर्न सकिने स्थिति नभएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्-

महाकाली नदीमा तुइन तर्दै गर्दा भारतीय सुरक्षा बलले तुइनको डोरी फुकालिदिएको कारण दार्चुला ब्यासका जयसिंह धामी महाकालीमा खसी आज सम्म पनि बेपत्ता भएको र परिवारले उनको निधन भएको आशंका गरी कुशको शब बनाई अन्तिम संस्कार गरेको समचारले सम्पुर्ण नेपाली लाई असहनीय पीडा भैरहेको छ ।

सरकारले अबिलम्ब छानबीन सकी त्यस आधारमा भारत सरकार सँग बिरोध ,आपत्ति ,क्षमा याचना ,’क्षतिपुर्ती ‘ र दोषी ब्यक्तिहरुमाथि कार्वाहीको माग गरोस् ।पहिलेका यस्तै घटनाहरुमा झैं भारतले गरेको खण्डन प्रति बिश्वास गर्न सकिने स्थिति छैन ।



प्रतिक्रिया दिनुहोस्