Logo

एमाले स्थायी कमिटी बैठक सम्पन्न, असोज ९ गतेसम्म पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने



काठमाडौं, १७ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले स्थानीय तहका कमिटीहरूको अधिवेशन आगामी असोज ९ गतेसम्म गर्ने मिति तय गरेको छ । आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको थिएन ।

आजको बैठकले केन्द्रीय कमिटीको बैठकसमेत बोलाएको छ । महासचिव ईश्वर पोखरेलका अनुसार साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्