Logo

संसदको विकास समितिले सरकारलाई भन्यो : वर्षाका कारण बिग्रिएका सडक तत्काल बनाउ



काठमाडौं, १७ साउन । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले देशभरिका बिग्रिएका सडकहरुको तत्काल निर्माण तथा मर्मत गर्न निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । बैठकले वर्षाका कारण देशभरका विभिन्न सडकखण्डमा निर्माणाधीन पुल क्षतिग्रस्त भएका र ती पुलहरू क्षतिग्रस्त हुनुको कारण पत्ता लगाई यथाशीघ्र निर्माण कार्य सुरु गर्न निर्देशन दिएको हो ।

समितिले सिरहा–धनुषा जोड्ने सडक अन्तर्गतको कमला पुल र गाइघाट–दिक्तेलअन्तर्गतको त्रियुगा नदीको पुल क्षतिग्रस्त हुनुको कारण पत्ता लगाई छिटो पुनः निर्माण कार्य गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी कमला र त्रियुगा नदीको पुल के कारणले क्षतिग्रस्त भयो भन्ने छानबिन गरेर समितिलाई सात दिनभित्र जानकारी गराउन पनि निर्देशन दिएको समिति सभापति कल्याणी कुमारी खड्काले बताइन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्