Logo

कोरोना खोप लगाएको ‘क्युआर कोड’ सहितको प्रमाणपत्र नदिएको भन्दै सरकारको विरोधमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १७ साउन । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिकहरुले कोरोना खोप लगाएको ‘क्यूआर कोड’ सहितको प्रमाण पत्र नदिएको भन्दै प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको भद्रकालीमा उनीहरुले ‘क्यूआर कोड’ सहितको प्रमाण पत्रबिना वैदेशिक रोजगारमा जान नपाएको भन्दै प्रदर्शन गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले खोपको व्यवस्था गरेपनि विभिन्न देशहरुले खोप लगाएको प्रमाणित गर्न ’क्यूआर कोड’सहितको प्रमाण पत्र माग्ने गरेको उनीहरुको भनाई छ । सरकारले भने खोप लगाएको ’क्यूआर कोड’ भएको प्रमाण पत्र दिन चासो नदेखाएपछि आफुहरु समस्यामा परेको उनीहरुको भनाई छ । खोप लगाएर कुवेत फर्कन ‘क्यूआर कोड’ भएको प्रमाण पत्र दिने भनिएतापनि अहिलेसम्म त्यसको कुनै सुरुवात नै नभएको उनीहरुको गुनासो छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्