Logo

भारतका लागि काँस्य जित्दै ब्याडमिन्टन स्टार सिन्धुले बनाइन् किर्तिमान



एजेन्सी, १७ साउन । भारतकी पी भी सिन्धुले टोकियो ओलम्पिकमा ब्याडमिन्टनतर्फ महिला एकल स्पर्धामा काँस्य जितेकी छिन् । उनले आज चीनकी ही बिङजिआओलाई सोझो सेटमा पराजित गर्दै काँस्य जितेकी हुन् ।

सिन्धु भारतका लागि दुईवटा ओलम्पिक जित्ने पहिलो खेलाडी बनेकी छिन् । उनले २१-१३ र २१-१५ ले खेल आफ्नो पक्षका पारेकी थिइन् ।

यसअघि रिओ ओलम्पिकमा सिन्धुले रजत पदक जितेकी थिइन् । यसपटक चाइनिज ताइपेइकी चेन युफेइसँग पराजित हुँदै सिन्धु फाइनलमा पुग्नबाट रोकिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्