Logo

श्रेष्ठ र महराको कारण प्रचण्ड तनाबमा



काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने मन्त्रीहरुको नाम चयन गर्न सकेको छैन् । यसअघि बसेका स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । तर, दाहाल स्वयमले भने मन्त्री चयन गर्न आफूलाई निकै हम्मेहम्मे परेको र एक किसिमले मानसिक तनाब नै झेलिरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । आज बस्ने भनिएको स्थायी कमिटी बैठकसमेत स्थगित् भएको छ । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि आजको बैठक स्थगित् गरिएको बुझिएको छ ।

माओवादी केन्द्रनिकट एक नेताकाअनुसार पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेर जानेमा नारायणकाजी र कृष्णबहादुर महरा अघि सरेका छन् । श्रेष्ठ र महराका अलावा हरिबोल गजुरेलपनि सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जान ईच्छुक छन् । तर, अध्यक्ष दाहालले भने कसलाई नेतृत्व दिएर सरकारमा पठाउने भनेर अहिलेसम्म निर्णय लिन सकेका छैनन् । दाहालनिकट स्रोतका अनुसार उनी यसपटक महरालाई सरकारमा नेतृत्व गरेर पठाउन चाहन्छन् । तर, श्रेष्ठले आफूलाई सरकारमा नेतृत्व गरेर जान नदिईए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय दाहाललाई गजुरेलले दरिलो साथ दिएका छन् । नेकपामा आन्तरिक कलह हुँदासमेत गजुरेलले दाहालको साथ छोडेनन् । त्यसैले यसपटक उनले गजुरेललाई पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेर जान तयार हुनसमेत भनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नेगरि दाहालसँग नाम मागेका छन् । यसअघि नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भनिएपनि अहिले नेपाल समूहले सरकारमा नजाने भनिसकेको छ । तर, यस्तो अवस्थामा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्