Logo

विश्वभर कोरोना संक्रमितको संख्या २० करोड नजिक, १ करोड ५१ लाख उपचाररत



काठमाडौं, १८ साउन । पछिल्लो साढे एक वर्षदेखि विश्वभर कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाएको छ । वल्डोमिटरको अनुसार हालसम्म संसारभर १९ करोड ९० लाख २५ हजार ४२४ जना संक्रमित भएका छन् भने संक्रमित मध्ये १७ करोड ९६ लाख ३४ हजार ८७१ जना निको भएका छन् ।

त्यस्तै, आजसम्म ४२ लाख ४० हजार ४२५ जना संक्रमितको उपचारको क्रममा निधन भएको छ । १ करोड ५१ लाख ५० हजार १२८ जना कोरोना संक्रमितको विश्वभर उपचार भैरहेको छ भने ९० हजार ४८८ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

यसैक्रममा आइतबार नेपालमा कोरोना भाइरसका २ हजार ५ सय ६८ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३ सय ७० पुगेको छ ।

त्यस्तै, हिजो २ हजार २० जना संक्रमणमुक्त भएसँगै नेपालमा हालसम्म ६ लाख ५६ हजार १ सय ९७ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्