Logo

ब्राजिलमा ५ लाख ५६ हजार कोरोना संक्रमितको मृत्यु



एजेन्सी, १८ साउन । हाल विश्वभर कोरोना भाइरसको आतंक फैलिरहेकोे छ । कोरोनाको दोस्रो भेरियन्ट बढेसँगै संक्रमितको मृत्युदर र संक्रमणदर दुवै फैलिएको छ । बिश्वभर हालसम्म १९ करोड ९० लाख कोरोना संक्रमितको संख्या रहेको छ भने ४२ लाख ४० हजार बढीको निधन भएको छ ।

विश्वका कोरोना संक्रमणदर र मृत्युदर बढी हुने राष्ट्र मध्ये सबैभन्दा पहिलो अमेरिका र दोस्रो ब्राजिल रहेको हो । ब्राजिलमा हालसम्म १ करोड ९९ लाख ३८ हजार ३५८ जना संक्रमित मध्ये १ करोड ८६ लाख ४५ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, हालसम्म ५ लाख ५६ हजार ८८६ जना संक्रमितको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । यसैगरी, ७ लाख ३५ हजार ४७९ जना संक्रिय संक्रमितको संख्या रहेको छ । ८ हजार ३१८ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

विश्वभर आजसम्म ४२ लाख ४० हजार ४२५ जना संक्रमितको उपचारको क्रममा निधन भएको छ । १ करोड ५१ लाख ५० हजार १२८ जना संक्रिय संक्रमितको संख्या रहेको छ भने ९० हजार ४८८ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्