Logo

दार्चुला घट्नाको विरोधमा भारतीय दूतावासअघि अखिल (क्रान्तिकारी) को प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १८ साउन । अखिल (क्रान्तिकारी) ले दार्चुला घट्नाको विरोधमा नेपालस्थित् भारतीय दूतावास अघि प्रदर्शन गरेको छ । जयसिंह धामी महाकाली नदीमा बेपत्ताको बास्तविक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै उनीहरुले पछिल्लो दिनमा प्रदर्शन गरिरहेका छन् । यसै क्रममा आज उक्त संगठनले भारतीय दूतावासअघि प्रदर्शन गरेको हो । आजको प्रदर्शनलाई संगठनले ‘भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन’ को संज्ञा दिएको छ ।

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्