Logo

यी युवतीले आत्महत्या गर्दा भारतका पूर्वमन्त्री समस्यामा



एजेन्सी, १८ साउन । २२ वर्षीया युवतीले आत्महत्या गरेपछि भारतको महाराष्ट्र राज्यका पूर्वमन्त्री समस्यामा परेका छन् । मोडलिङ गर्दै आएकी पूजा चभानले आत्महत्या गरेपछि पूर्वमन्त्री सञ्जय राठोड समस्यामा परेका हुन् ।

चभान टिकटकमा निकै चर्चित थिइन् । उनी राठोडसँग सम्बन्धमा रहेको खुलेको छ ।

राठोडसँगको संवेदनशील तस्बिर र आवाज समेत चभानको मोबाइलमा भेटिएको थियो । उनीहरुबीच आत्महत्याको ४ दिन अगाडि ९० मिनेट फोन कुराकानी भएको खुलेको छ ।

पूजाले पुणेस्थित भवनबाट फाल हालेर ७ फेब्रुअरीमा आत्महत्या गरेकी थिइन् । तीन पटक शिव सेनाबाट सांसद जितेका राठोडले उक्त घटनापछि राजीनामा दिएका थिए ।

सञ्जय र पूजाबीचको कुराकानी र रेकर्ड भएका तस्बिर र भिडियोबारे फोरेन्सिक चेकजाँच चलेको छ ।



प्रतिक्रिया दिनुहोस्