Logo

महालक्ष्मीका शिक्षक आन्दोलनमा



काठमाडौं, १८ साउन । नेपाल शिक्षक महासंघ महालक्ष्मी नगरपालिकाले बिभिन्न माग राखेर आन्दोलन गरिरहेको छ । पहिलो चरणमा दैनिक धर्ना गर्दै आएको छ । हिजोदेखि महासघमा आवद्ध शिक्षकहरु साउन २४ गतेसम्म नगरपालिकाले माग पुरा गर्नुपर्ने भन्दै ५ बुंदे माग सहित धर्नामा बसेका हुन् ।

शिक्षकहरुले सरकारले घोषणा गरेको इसीडी शिक्षक र विद्यालय कर्मचारकिो मासिक तलब १५ हजार उपलब्ध गराउन, बिद्यालयहरुमा रिक्त रहेका दरबन्दीमा तत्काल पदपुर्ती हुनेपर्ने, दरबन्दी मिलानको नाममा शिक्षकहरुको तलब रोक्न नपाईने, प्रबिधीमैत्री सिकाइका लागि आबश्यक सामाग्री उपलब्ध गराउनुपर्ने लगायतका थुप्रै मागहरु राखेर धर्ना कार्यक्रम सुरु गरेका छन् ।

साउन २४ गतेसम्म आफ्ना मागहरु पुरा नभय आन्दोलनलाई थप सकृय बनाएर लैजाने आन्दोलनका संयोजक एक बहादुर भण्डारीले बताएका छन ।

शिक्षकहरुका मागलाई नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका १, २, ३ र ४ समन्वय समितीले पनि समर्थन गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । आज सभासद रामकृष्ण चित्रकार धर्नास्थल पुगेर ऐक्यवद्धता जनाए । उनले शिक्षकहरुको माग तत्काल पूरा गर्न आग्रह समेत गरे ।

धर्ना कार्यक्रममा नेपाली काँग्रेसबाट महालक्ष्मी नगरपालिकाको मेयरका उम्मेदवार महेश खड्का, काँग्रेस युवा नेता विवेककुमार कार्कीलगायतले ऐक्यवद्धता जनाएका थिए । उनीहरु धर्नास्थल पुगेर जायज माग भएकाले आफूहरुको साथ र सद्भाव रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्