Logo

रानीबारी उपभोक्ता समितिको पाँचौ साधरण सभा सम्पन्न



काठमाडौं, १८ साउन । रानीबारी उपभोक्ता समितिको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा समितिका कार्यबाहक अध्यक्ष सन्तोषविक्रम शाहको अध्यक्षतामा साउन १६ गते शनिबार लाजिम्पाटस्थित सम्पदा गार्डेन होटल सम्पन्न भएको हो ।

शनिबार भएको सभाले ११ सदस्यीय कार्यसमितिमा डा. रामबाबु ढकाल अध्यक्ष, सावित्री बस्नेत उपाध्यक्ष, सचिवमा रमिला बस्नेत र कोषाध्यक्षमा दीपा सुवेदी लगायतलाई निर्विरोध निर्वाचित गरी प्रमाणपत्र समेत वितरण गरेको छ ।

सभामा पुर्व मन्त्री अनिलकुमार झाले समितिको कार्यमा बिगतमा झै आगामी दिनमा पनि आफ्नो सहयोग रहने प्रतिवद्धता गरेका थिए । राजेश अधिकारीले सभामा समितिले समुदायको सर्वाङिन विकासको महत्वमा प्रकाश पारेका थिए ।

बिशेष अतिथिहरुले मन्तव्य राख्ने क्रममा चेम्बर अफ कमर्सका पुर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले समितिका सदस्यहरुको सुची अद्यावधिक गर्न, टोलबासीको आवश्यकतालाई सम्बोधन गर्न पहल गर्नुपर्नेमा जोड दिँदै भने, ‘स्वास्थ्य क्याम्प स्थापना गर्न समितिले आवश्यक वातावरण बनाउनुपर्छ ।’

सभामा प्रमुख अतिथि जीवन शर्माले आफ्नो लामो समयदेखिको समाजसेवाको अनुभव सेयर गरेका थिए । काठमाडौ महानगरपालिकाका वडा ३ का अध्यक्ष दिपक केसी, सदस्यहरु सीता थापा, शर्मिला परियारको समेतको सभामा उपस्थिति थियो ।

सभामा सचिव सावित्री बस्नेतले २०७५/७६, २०७६/७७ र २०७७/७८ को समितिकी आयव्ययको विवरण प्रस्तुत गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्