Logo

माधव नेपाल कठोर निर्णय लिदै



काठमाडौं, १८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कठोर निर्णय लिने निष्कर्षमा पुगेका छन् । उनले त्यसका लागि आज आफूपक्षीय स्थायी कमिटीका नेताहरुसँग गम्भीर छलफल गरिरहेका छन् ।

आज बानेश्वरमा जारी बैठकमा नेता नेपालले भावी रणनीति सुनाउँदै आफूपक्षीय नेताहरुको रायसुझाव लिइरहेको बुझिएको छ । उनले एमालेमै रहेर संघर्ष गर्ने कि नयाँ दल खोल्नेबारे निर्णय लिन लागेको विश्वस्त स्रोतले बताएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन नेपालमाथि कतिपय निकटस्थ सांसदहरुले दबाब बढाइरहेका छन् । तर, उनीनिकट स्थायी कमिटी सदस्यहरुले भने संयमता अपनाउन आग्रह गरिरहेका छन् ।

आफूपक्षीय प्रभावशाली नेताहरुले नेपालमाथि एमालेमै बसेर संघर्ष गर्न दबाब दिइरहेका छन् । तर, उनको पक्षमा रहेका २२ सांसद मध्ये अधिकांश नयाँ दल खोल्नुपर्नेमा जोड दिइरहेका छन् । दुईतर्फी दबाब झेलिरहेका नेपालले आज छलफल र परामर्शपछि कठोर निर्णय लिने तयारी गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्