Logo

६ वर्ष कैद र १२ लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ



काठमाडौं, १८ साउन । डाँका तथा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
भोजपुर, डाँका मुद्दाका फरार प्रतिवादी झापा दमक नगरपालिका ३ स्थित भुटानी शरणर्थी शिविर बेलडाँगी बस्ने ३१ वर्षीय सुवास विश्वा (विक)लाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत भोजपुरको २०७३ फागुन १९ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय दमकको समन्वयमा उनकै ठेगानामा लुकीछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

२०६९ असार १८ गते राति भोजपुर नगरपालिका २ हेलौछाको जङगलमा सुवास समेत ७ जनाको समूहले सोही नगरपालिका २ बस्ने सडक निर्माण समितिका अध्यक्ष धन बहादुर राई समेतले सडक निर्माणमा काम गर्ने मजदुरहरुलाई नगद रुपैयाँ बितरण गर्न जान लागेको अवस्थामा नगद ८ लाख ५१ हजार ५ सय रुपैयाँ लुटपाट गरी डाँका गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई जिल्ला अदालत भोजपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानका लागि भोजपुर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्