Logo

सन्तानेश्वर महादेव मन्दिर परिसरमा बेलका बिरुवा रोपण



ललितपुर, १८ साउन: गोदावरी नगरपालिका–ं १३ स्थित सन्तानेश्वर महादेव मन्दिर परिसरमा साउनको तेस्रो सोमबार बेलका बिरुवा रोपिएका छन् । विसं २०६९ देखि हरेक वर्ष साउनको दास्रो सोमबार विभिन्न जातका फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने गरिएकामा आज ५४ बेलका बिरुवा रोपिएको मन्दिर संरक्षण समितिका अध्यक्ष विनोद खडकाले बताए ।

उनले भने, “यसअघि कटुस, रुद्राक्ष, अमलालगायत ३५ जातका बिरुवा रोपेर हुर्काइरहेका छौ । यसवर्ष भने भगवान् भोलेनाथको प्रिय बस्तु बेल रोप्यौ । यस स्थानको हावापनीमा राम्ररी बेल हुर्किए अर्को ५४ थप गरी १०८ बोट पु¥याउने योजना छ”। मन्दिर परिसरमा १५० रोपनी जमिन रहेकाले दैनिक खर्च व्यवस्थापनका लागि फलफूल तथा औषधिजन्य बिरुवाको उत्पादनमा जोड दिइएको छ ।

सतीदेवीको माथिल्लो ओठ पतन भएर उत्पति भएको सन्तानेश्वरको प्राकृतिक स्वरुपको दर्शन गरे सन्तान प्राप्त हुने धार्मिक मान्यताले कोरोना महामारीको बेवास्ता गर्दै बिहानै देखि श्रद्धालुभक्तजन मन्दिर भित्रिरहेका पुजारी गङ्गाराम गौतमले बताए।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्