Logo

लागूऔषधसहित ३ जना पक्राउ



काठमाडौं, १८ साउन । अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोधारा चाँदनी नगरपालिका ३ बाट करिब ५ सयग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर डागी पक्राउ परेका हुन् ।

यूके ०६ भी ९८७७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, बेलका नगरपालिका ८ कोठुबाट ४ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर हचुवा गढी गाउँपालिका ८ बस्ने २६ वर्षीय नबिन्द्र राई र सोही ठाउँ बस्ने २३ वर्षीय हेमराज राई रहेका छन् ।

को.१ ज ४५९ नम्बरको बलेरोलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी बोलेरोमा सवार उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको हो ।

 



प्रतिक्रिया दिनुहोस्