Logo

शेयर बजार सामान्य अंकले बढ्दा १० अर्बको कारोबार



काठमाडौं, १८ साउन । शेयर बजार आज झिनो अंकले बढ्दा १० अर्ब ९८ करोड बढीको कारोबार भएको छ। साताको कारोबारको दोस्रो दिन आज नेप्से ४ दशमलव ६ अंकले बढेर ३ हजार ८५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ० दशमलव ३० अंकले बढेर ५७२ दशमलव ४६ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२६ कम्पनीको १ लाख ५ हजार ५७९ पटक कारोबार भएर १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँ बराबरको २ करोड ८९ लाख ४ हजार २०९ कित्ता खरिद बिक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्