Logo

विमला वली माओवादी छोडेर एमालेमा फर्किईन्



काठमाडौं, १८ साउन । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफू नेकपा (एमाले) मै रहने स्पष्ट पारेकी छिन् । उनी दाङबाट निर्वाचित सांसद हुन् । आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै उनले यस्तो बताएकी हुन् ।

वलीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानूनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।’

आजमात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध बहुमत जुटाएर विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनका लागि निवेदन दिएका छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्