Logo

‘भारतीय हस्तक्षेप बन्द गर’ भन्दै विप्लवको पार्टी आन्दोलित (फोटोफिचर)



काठमाडौं, १८ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भारतीय एसएसबीका कारण दार्चुलाका जयसिंह धामीको हत्या भएको भन्दै त्यसको विरोधमा आज प्रदर्शन गरेको छ । उनीहरुले प्रदर्शनको क्रममा ‘भारतीय हस्तक्षेप बन्द गर’, भारतीय साम्राज्यवाद मुर्दावाद, सीमामा भारतीय ज्यादती बन्द गर, लिपुलेक कालापानी हाम्रो हो, नेपाल र नेपालीमाथिको हत्या, हिंसा बन्द गर’ लगायतका नारा लगाएका थिए । उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षा गर्नपनि अपिल गरेका छन् । महाकाली नदीमा तुईनबाट तर्ने क्रममा भारतीय एसएसबीले तुईनको तार काटिदिएर नदीमा बेपत्ता भएको भन्दै उक्त घट्नाको विरोधमा देशव्यापी रुपमा प्रदर्शन भैरहेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम