Logo

कर्णालीका चार सांसदमाथि एमालेको कारबाही सर्वोच्च अदालतद्धारा सदर



काठमाडौं, १८ साउन । नेकपा (एमाले) ले आफ्नो पार्टीका कर्णाली प्रदेशका ४ जना सांसदलाई गरेको कारबाही सर्वोच्च अदालतले सदर गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले यसअघि गरेको कारवाहीलाई सर्वोच्चले आज सदर गरेको हो ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई पार्टीको ह्वीप उल्लंघन गरेर उनीहरुले विश्वासको मत दिएका थिए । केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरुलाई गरेको कारवाही सदर गर्ने आदेश दिएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्