Logo

एमाले स्थायी कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित्



काठमाडौं, १८ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । तुलसीलाल स्मृति भवनमा बसिरहेको बैठकमा माधव नेपाल पक्षधर सदस्यहरु भने अनुपस्थित् भएका छन् । आजको बैठकमा माधव नेपाल पक्षधर नआए अब पर्खन नसकिने अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट पारिसकेका छन् ।

यता, पार्टीको बैठक चलिरहँदा उता माधव नेपाल आफ्नो पक्षको स्थायी सदस्यहरुसँग छुट्टै छलफलमा छन् । आज विहानमात्रै नेता नेपाललाई भेटेर नेपाल पक्षधर नेताहरुले बैठकमा सहभागी हुन आग्रह गरेका थिए । तर, नेपालले भने आफू कुनैपनि हालतमा बैठकमा सहभागी नहुने अडान लिएका थिए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्