Logo

गठबन्धनको बालुवाटारको बैठकमा माधव नेपाल समूहपनि सहभागी



काठमाडौं, १८ साउन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एमाले) को माधव नेपाल समूह र जनमोर्चा सम्मिलित दलको गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले आज मन्त्रिपरिषद विस्तारबारे निर्णय लिने बुझिएको छ ।

उक्त बैठकमा माधव नेपाल समूहबाट पनि एक जना नेता सहभागी भएको बताईएको छ । यसअघि माधव नेपाल र विजय पौडेल सहभागी भएका थिए । तर, आज भने को सहभागी छ भनेर नाम खुलाईएको छैन् । उता, एमालेको स्थायी कमिटी बैठक तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी छ भने माधव नेपाल समूहको पनि बैठक छुट्टै बसेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्