Logo

एमाले स्थायी कमिटी बैठक सम्पन्न, केन्द्रीय निकाय र विभागहरु गठन



काठमाडौं, १८ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज (सोमबार) तुलसीलाल स्मृति भवनमा बसेको बैठकले केन्द्रीय निकाय र विभागहरू गठन गरेको छ । र, उक्त निकाय र विभागमा सदस्यहरुसमेत मनोनयन गरेको छ ।

बैठकपछि मिडियाकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । तर, उक्त विभाग र निकायमा भने माधव नेपाल पक्षलाई पनि समावेश गरिनेगरि ठाउँ राखिएको ज्ञवालीको भनाई छ । आजको बैठकमा नेपाल पक्ष भने सहभागी भएको थिएन ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्