Logo

सत्तापक्षीय गठबन्धनको बैठक सम्पन्न, मन्त्रिमण्डलमा भागबण्डा मिलेन



काठमाडौं, १८ साउन । सत्तापक्षीय गठबन्धनको बैठक सम्पन्न भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र सरकारको लागि न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको हो । आजको बैठकमा मन्त्रिमण्डलको भागबण्डा भने मिलेको छैन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका उपेन्द्र यादव र माधव नेपाल समूहबाट पनि प्रतिनिधि सहभागी थिए । भोलिसम्म सरकारको न्युनतम साझा कार्यक्रम ल्याईने गठबन्धनको तयारी छ । File Photo



प्रतिक्रिया दिनुहोस्