Logo

एमाले एकताका लागि ओली-नेपालबीच निर्णायक भेटवार्ता हुने



काठमाडौं, १८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि लचिलो हुने निर्णय गरेको छ । आज आफूपक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकले संयमित भएर बढ्ने निर्णय गरेको नेता रघुजी पन्तले पत्रकारहरुलाई बताए ।

पन्तले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै भेटवार्ता हुने खुलासा गरे । तर, उनले त्यसको मितिबारे केही खुलाएनन् । दुवै नेताले एकताका लागि ठोस कुराकानी गर्ने बताए । उनले भने, ‘उहाँहरुबीच छिट्टै भेटवार्ता हुने सुनेको छु ।’

पन्तका अनुसार पार्टी एकताका लागि दुवै पक्षका नेताहरु सामेल हुन नहुनेबारे छलफल भएको बताए । उनले भने, ‘पार्टी एकतालाई कमजोर बनाउन नहुने र संयमित र जिम्मेवार भएर गम्भीरतापूर्वक बढ्नुपर्नेमा सबैको सहमति रह्यो ।’ उनले बोल्दा संयमित भएर बोल्नुपर्ने निष्कर्ष निकालिएको समेत बताए ।

अध्यक्ष ओलीले माधव नेपाललाई एमालेमा कुनै स्थान नभएको बताइरहँदा एकताका लागि विशेष पहल भइरहेको खुलेको हो । नेपाल पक्ष एकताका लागि संयमता अपनाउने पक्षमा रहेपनि ओलीले पार्टीका विभागहरु गठन गरेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्