Logo

‘ओली सरकारले खडा गरेको फोहोरको डंगुरलाई सफा गर्छौं, हामी पूरा नहुने सपना बाँड्दैनौं’ : डा. प्रकाशशरण महत (भिडिओसहित)



नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले भदौमा महाधिवेशन हुने स्पष्ट पारेका छन् । उनले क्रियाशिल सदस्यताको विवादबारे पनि आज भोलिभित्रै विवाद हल गरिने विश्वास दिलाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,क्रियाशिल सदस्यता विवादको बारेमा हामी बसिराखेका छौँ । म पनि त्यसमा छु । यो क्रियाशिल सदस्यता विवाद अस्ति हामी बसेर धेरै टुग्यायौं । आज पनि बसेका छौं । अब थौरै मात्रै ठाउँहरुमा विवाद बाँकी छ, त्यसमा पनि आज र भोलिसम्म टुँगो लाग्नसक्छ । आज भोलि सम्म क्रियाशील सदस्यता समाधान हुन्छ । प्रस्तुत छ नेता महतसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब नेपाली काँग्रेसको महाअधिवेशन नहुने भयो होईन ?

महाधिवेशन हुन्छ, किन नहुने ?

कहिले हुने त ? बाहिर त चर्चा सुरु भैसक्यो कि अब कांग्रेसको महाअधिवेशन भदौमा हुँदैन भनेर ?

महाअधिवेशन अब प्रारम्भ हुन्छ ।

त्यसो भए भदौमा सुरुवात हुन्छ त ?

वडा अधिवेशनबाट सुरु हुन्छ ।

त्यसपछि कहिले टुँगिन्छ महाअधिवेशन ?

त्यसपछि त धेरै लाग्दैन् ।

कति महिना लाग्ला ? दुई महिना वा तीन महिना, अथवा चार महिना कति महिना लाग्ला ? भदौभित्र महाअधिवेशन हुन्छ भनेर तपाईँ विश्वास दिलाउन सक्नुहुन्छ त ?

एक महिनाभित्र हामी गर्नसक्छौँ ।

त्यसो भए शीर्ष नेताहरुको बीचमा सहमति भैसकेको हो ?

होईन, नेताहरुको बीचमा के सल्लाह भएको हो भने यो क्रियाशिल सदस्यता सबैभन्दा जटिल प्रक्रिया हो । सबैभन्दा त्यो नै वडाको अधिवेशन निर्वाचनको मतदाता पनि तीनै हुन, त्यो टुँग्एिपछि यो निर्वाचनको कार्यतालिका सुनिश्चत् गर्न सजिलो हुन्छ । त्यसकारण त्यसलाई टुँग्याउने काममा हामी लागिरहेका छौँ । छानबिन समितिले जति टुँग्याउन सक्यो बाँकी अनिश्चत् ठाउँहरु थिए त्यो बाँकी टुँग्याउनको लागि नेतृत्वले सहज गरिदिएर त्यसलाई टँग्याउने कुरा भएको छ । यसमा पार्टी सभापतिसहित सबै जना उपस्थित् हुने कुरा भईराखेको छ । पर्टी सभापति व्यस्तताका बावजुत पनि यसको लागि बैठकमा उपस्थित भइरहनुभएको छ । र, यो एक÷दुई दिनमा टुँगो लाग्छ । त्यसपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बसेर बाधा अड्काउ फुकाउने कुराको पनि निर्णय गर्छ । त्यसमापनि यो निर्वाचन समितिको सल्लाह र सुझाव लिएर कति समय लाग्छ अनि कति समय लाग्छ भनेर त्यसबारे पनि कुरा गरिन्छ ।

क्रियाशिल सदस्यताको विवादबारे शीर्ष नेताहरुको बीचमा सहमति भैसकेको हो ?

क्रियाशिल सदस्यता विवादको बारेमा हामी बसिराखेका छौँ । म पनि त्यसमा छु । यो क्रियाशिल सदस्यता विवाद अस्ति हामी बसेर धेरै टुँग्यायौं । अब थौरै मात्रै ठाउँमा विवाद बाँकी छ । ती विवाद भएका ठाउँमा पनि आज÷भोलिसम्म टुँगो लाग्न सक्छ । आज भोलिसम्म क्रियाशील सदस्यता समाधान हुन्छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् गठन गर्नसक्नु भएन नि ? उहाँ संकटनै संकटमा पर्नुभयो नि ? किन ?

यो अरु दलहरुमा निर्भर भएको विषय हो । आपसी घटकहरुमा नाम दिन समय लागेको छ । हाम्रो पार्टीभित्र त कुनै समस्या छैन । जतिखेर पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुहुन्छ । तर, अरु घटकहरु जसले हामीलाई समर्थन गरेका छन्, ती दलका नेताहरुको पनि सहभागिता हुन्छ । र त्यसमा केही ढिलाई गर्नुहुदैन । अब चाहीँ धेरै ढिलाई हुन्छ भन्ने मलाई लाग्दैन् ।

त्यसो भए अब तपाईहरुले भोलिसम्ममा मन्त्रिपरिषद गठन गर्न सक्नुहुन्छ ?

हो, सम्भावना छ ।

काँग्रेसभित्र मन्त्री कसलाई बनाउने भनेर धेरै सकस छ अरे नि त ? कसलाई मन्त्री बनाउने भन्ने मा सहमति भैसकेको छैन भन्ने चर्चा छ नि ?

अहिलेसम्म समस्या छैन । हाम्रो भित्रको कारणले मन्त्रिपरिषद विस्तारमाई ढिला भएको होईन ।

त्यसोभए नेपाली काँग्रेसको कनरणले गर्दा ढिलो हुँदैन् ?

हुँदैन । हामी त तयारी अवस्थामा छौं ।

मन्त्री कसलाई बनाउने भनेर तपाईँको पार्टीभित्र भागबण्डा मिलिसकेको त हो ?

त्यस्ता भागबण्डाको कुरो त छैन । तर पनि सबै नेताहरुको भावनालाई बुझेर शेरबहादुर दाई प्रधानमन्त्री हुनुहुन्छ । उहाँ यो कुरामा उदार नै हुनुहुन्छ । उहाले नेताहरुका सबैका कुरा सुन्नुहुन्छ उहाँले सबैको चिक्त बुझाएर नै लानुहुन्छ ।

धेरैको चिक्त बुझउनुपर्छ नि त ?

अस्ति नै गर्न सकिन्थ्यो । त्यो वास्तविकता छ । त्यहीपनि यसमा निणय गर्न नसकिने त्यस्तो सकस केही छैन ।

सरकारमा सहभागी गराउनको लागि माधवकुमार नेपाललाई तपाईँहरु पर्खने कि नपर्खन अब ?

अब माधवकुमारजी पनि सहभागि हुने परिस्थिती बन्दा सधंै स्वागत नै गरिने कुरा हो । यो सरकार गठन गर्नमा उहाँहरुको पनि सहयोग छ । यो सरकार बन्नुमा ठूलो योगदान छ । तर, उहाँहरुको जुन प्राविधिक समस्या छ । त्यही पार्टीमा रहने÷नरहने उहाँहरुको त्यो टुङगो लागेको छैन । उहाँकै सल्लाहले अहिले उहाँ यहाँ आउने भएपनि नआउने भएपनि उहाँहरुकै सल्लाहले हुन्छ ।

उसो भए माधव नेपालकै सहमतिमा मन्त्रिपरिषद विस्तार हुन्छ ?

उहाँहरुले पनि अब सर्मथन गर्नुभएको छ ।

मैले हिजो माधवकुमार नेपालसँग कुराकानी गरेको थिएँ, उहाँले त आफ्नो समूह अहिले सरकारमा सहभागी हुँदैन भन्नुभएको थियो ?

उहाँले जे भन्नुहुन्छ, त्यहीअनुकुल यो मन्त्रिपरिषद् अगाडि बढ्छ ।

त्यसोभए माधवकुमार नेपाल नआउनु भयो भनेपनि मन्त्रिपरिषद् अगाडि बढ्छ ?

होईन, फेरिपनि उहाँले भने जसरी अगाडि बढ्छ नि । नआउदा खेरिपनि उहाँले नआउनुहोस् भनेर रोकिराख्न त हँुदैन नि त ।

आज २२ दिन भैसक्यो शेरबहादुर देउवा प्रधानमन्त्री भएको, तर सरकारले पूर्णता पाउन सकेन नि ?

२२ दिन भएपनि सरकारको काम त चलिराखेको छ । केहीमा मन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीज्युले पनि अरु केहीमा जिम्मेवारि लिनुभएको छ । त्यसकारण काम त रोकिएको छैन । तथापी यसको मदलब यो होईन कि यत्तिकै चलिरहन्छ भन्ने कुरा होईन । यसलाई पूर्णता दिन जरुरी छ । पूर्णता प्राप्त गर्छ अब ।

त्यसो भए प्रधानमन्त्री अलमलमा बस्नुहुन्न अव ?

अब बस्नु हुन्न ।

दार्चुला घट्नाको बारेमा तपाईहरु किन बोल्नुहुन्न भन्नुहोस् त ?

यो विषयमा गम्भिर रुपमा सरकारको ध्यानाकार्षण भएको छ । हाम्रो पार्टीको पनि गम्भिर ध्यानाकार्षण भएको छ । यो विषयमा सम्बन्धित ठाउँबाट सुचनाहरु लिएर पहल गर्नुपर्ने कामहरु भैराखेको छ । यसलाई सरकारले गम्भिरताका साथ लिएको पनि देखेको छु । गम्भीरताका साथ लिनुपनि पर्छ ।

त्यसोभए यो घट्नालाई लिएर नेपाल र भारतबीच कुटनीतिक पहल भैराखेको छ ?

जहाँबाट कमिकमजोरी वा बदमासी भएको हो, यथार्थ सूचनाका आधारमा यी कुराहरु अगाडि बढ्छन ।

तपाईँहरुले त सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गर्नुभएको छ नि, त्यो कार्यक्रममा के–के हुन्छन् ?

अब हाम्रो साथीहरु त्यसमा लाग्नुभएको छ । उहाँहरुले हामीहरुसंग शेयर गरिसक्नुभएको छैन । साझा कार्यक्रममा मैले अनुभव गर्ने कुुराहरु के हो भने मूल कुरा अहिले नेपाली जनतालाई कोभिडबाट छुट्कारा दिनुपर्ने कुरामा प्रधानमन्त्रीज्युले पनि पटक–पटक भन्नुभएको छ । उहाँले संसद्मा पनि यसबारेमा बोलिसक्नुभएको छ । चाँडोभन्दा चाँडो आउने चैत्रभित्र सबै नागरिकलाई खोप दिईसक्ने भन्ने प्रधानमन्त्रीज्युको चाहना छ । त्यसमा चाहीँ गम्भिरताका साथ अहिले सरकार लाग्नुपर्छ । खोप पनि व्यापक रुपमा बाँडिराखिएको छ । अझै धेरै ठाउँमा खोप दिन हामीले सुझाव दिईरहेका छौँ । त्यस्तै गरेर यो सम्भावित तेस्रो भेरियन्टलाई समयमा नै त्यसको पूर्वतयारी गरेर व्यापक रुपमा काम सरकारले गर्नुपर्छ । दोस्रो भनेको भ्रष्टाचार कुशासनको विषयमा नयाँ शिराबाट एउटा स्वस्थ पारदर्शी खालको अबस्य पनि आउँछ । त्यस्तैगरेर यो सरकार आउनुभन्दा अघि हाम्रो देशको विदेश सम्बन्ध पनि अन्यौलपूर्ण अवस्थामा थियो । एकदमै अस्थिर किसिमको परराष्ट्र नीतिबाट अपरिपक्व किसिमले सञ्चालग गरिएको थियो । नेपालको आवश्यकतालाई केन्द्रविन्दुमा नराखिकन त्यसैले गर्दाखेरी यो अवस्था आयो । यसलाई ट्रयाकमा ल्याउनको लागि सरकारको जिम्मेवारी र दायित्व हो । त्यसपछि चौथा भनेको जनताको विकास निर्माण खासगरी सेवा तथा सुविधाका आवश्यकत्ताहरु छन । राहतका आवश्यकत्ताहरु छन । त्यसमा लक्षित किसिमबाट सरकारले सचेत हुनुपर्छ र जनतालाई राहत दिनुपर्छ । मुख्य कुरा त यही हो । अहिले धेरै जुनतारा खसालिदिन्छु भनेर केपी ओलीले भनेजस्तै योपनि गर्छौ अनि त्योपनि गर्छौं, हुँदै नहुने कुरामा पनि जनतालाई एउटा सपना बाँड्नेजस्तो यो गर्ने काम छैन । समयपनि धेरै बाँकी छैन, त्यो समयलाई यो फोहोरको डङगुर जुन अघिल्लो सरकारले खडा गरेको छ, त्यसलाई सफा गर्ने हो । स्वस्थ, पारदर्शी र जनमुखी शासन चलाउने हो । यीनै हुन सरकारका प्राथमिकता । अरु धेरै लम्बाचौडाँई हुने अनि नहुने सबै गर्छु भनेर केही हुनेछैन । यो नेपाली जनतालाई कोभिडबाट सुरक्षित गरेर जुन आर्थिक, सामाजिक जीवनस्तर सुचारु गर्ने, अहिले स्कुल तथा कलेज जुन बन्द छन, ती सबै सुचारु गर्नुपर्छ । अब उद्योग व्यबसाय राम्रोसंग चलेका छैनन्, पर्यटन क्षेत्र त्यस्तै छ । यसलाई अब नेपाल र नेपालीहरु कोभिडबाट अब सुरक्षित छन भन्ने अनुभुति दिन सक्यौँ भने नेपालको आर्थिक–सामाजिक जीवन राम्रो हुन्छ यो नै यो सरकारको मुल काम हुनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्