Logo

त्रिशूली १ को उद्घाटन अक्टोबरमा



काठमाडौं, साउन १९ । माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना आगामी कात्तिक (अक्टोबर)मा उदरघाटन गर्नेगरी काम भइरहेको छ । कोरियाली सहयोगमा निर्माण भइरहेको परियोजनाको गतिविधिबारे कोरियाका राजदूत पार्क चोङ–सुकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँगको सोमवारको शिष्टाचार भेटमा जानकारी गराएका हुन् ।

मन्त्री भुसालको निजी सचिवालयका अनुसार भेटमा उनीहरूबीच नेपाल–कोरियाको आपसी चासो र सहयोगका विषयमा विचार–विमर्श भएको छ। सो अवसरमा मन्त्री भुसालले दुई देशबीच रही आएको असल सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

राजदूत पार्कले कोरियाली सरकारी स्वामित्व रहेको कम्पनीको लगानी रहेको उक्त परियोजना अगाडि बढाउनका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक काम अघि बढाइदिनसमेत अनुरोध गरेका छन् । उनले उक्त आयोजना सम्पन्न गर्नसके दुई देशबीच आपसी सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

जवाफमा मन्त्री भुसालले जलविद्युतर क्षेत्रका आयोजनाहरू समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै अपर त्रिशूली आयोजना निर्माणका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाउने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम