Logo

आजदेखि आरएमडिसी लघुवित्तको संस्थापक शेयर पुनः लिलामीमा



काठमाडौं, १९ साउन । आजदेखि आरएमडिसी लघुवित्त वित्तीय संस्थाको सस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर आज (मंगलबार) देखि पुनः लिलामीमा ल्याएको हो । पटक–पटक बिक्रिमा राखेको तर वितरण हुन नसकेको शेयर आज कम्पनीले पुनः लिलामीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता ५ सय ६ रुपैयाँ मुल्य तोकेको हुनाले बोलकबोल गर्दा तोकिएका मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर माग गर्न सकिने जनाइएको छ । कम्पनीको शेयर बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्