Logo

आईसीएफसी फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ



काठमाडौं, १९ साउन । आईसीएफसी फाइनान्स कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव महाप्रबन्धक श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले श्रेष्ठलाई भदौ १ गतेदेखि लागु हुने गरी नियुक्त गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्